१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा बस दुर्घटनाः मृत्यु हुनेको संख्या १३ पुग्यो(अपडेट)




२६ फागुन ०७८, काठमाडौं ।  संखुवासभाबाट झापाको दमक जाँदै बसेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
बिहीबार बिहान मादी नगरपालिका वडा नम्बर ६ स्थित सातघुम्तीमा बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।
बसमा करिब २५ जना रहेको अनुमान छ।

दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १३ जना पुगेको प्रहरीले जनाएको छ ।
साथै घाइतेको उद्धार गरिएको छ । पाँच जना घाइतेको उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको छ।

केही घाइतेलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको छ ।

केही यात्रुलाई जिवितै उद्धार गरिएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  १० : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।