११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


संखुवासभा बस दुर्घटनामा मृत्यु भएका र घाइते सबैको सनाखत(अपडेट)




२६ फागुन ०७८, काठमाडौं । खुवासभाको मादीमा भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार मृतक १४ जना र घाइते पाँच जनाको पहिचान खुलेको हो।
खाँदबारीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर संखुवासभाको मादी ६ को सात घुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो।
मृतकमा जिल्ला संखुवासभा मादी ६ बस्ने वर्ष ३२ की अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई ९सहचालक० छन्।

यस्तै, मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ।

यस्तै, मादी–४ का वर्ष ६० को बलबहादुर कार्की, ताप्लेजुङकी ३१ वर्षीया समिक्षा योञ्जन, समिक्षाका छोरा वर्ष का सुदिप घिसिङ र तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपिन निरौला (चालक तथा सवारी धनी) को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

यस्तै घाइतेहरू पाँचै जना संखुवासभाकै छन्।

घाइते हुनेमा मादी–४ बस्ने वर्ष २४ को सुभाष गोले, मादी ६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी ६ बस्ने वर्ष २४ की करिश्मा तामाङ, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष २७ कि युका पोखरेल छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ३ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।