१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने २ जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२६ फागुन ०७८, काठमाडौं । भूमि आयोगको मान्छे हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीका अनुसार ठगी गर्नेमा झापाको भद्रपुर घर भई काठमाडौंको टोखा बस्ने ३८ वर्षका होमनारायण चौधरी र काठमाडौं बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ४४ वर्षका उद्धव भण्डारी संलग्न रहेको पाइएको छ

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौँ महानगरपालिका–१६ स्थित भेटघाट क्याफेमा दुई व्यक्ति मिलेर सुकुम्वासीलाई जग्गा वितरण गर्ने लोभ देखाउँदै फारम भर्न लगाई पैसा असुल गरेको पाइएको हो ।

अनुसन्धानका क्रममा आफूलाई भूमि आयोगले खटाएका व्यक्ति हौं भनी परिचय गराई काठमाडौंमा सुकुम्वासीले चार आना जग्गा प्राप्त गर्न जनही रु ५० हजार लाग्ने भनी फारम भर्न लगाई ठगी गरेका पाइएको प्रहरीले जनाएकाे छ ।

उनीहरुकाे साथबाट ल्यापटप, प्रिन्टर, भूमिहीन (भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फारम लेखिएको), अव्यवस्थित बसोवासीले दिने निवेदनको ढाँचा लेखिएको फारम, विभिन्न व्यक्तिको नाम तथा फोटोसमेत राखिएका रेकर्ड फाइललगायतका सामग्री बरामद गरिएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरुलाई सरकारी वकिलमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएकामा आदालतको आदेशले दुवै जना पुर्पक्षका लागि कारागार चलान गरिएकाे जनाएकाे छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहिबार  ४ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।