२२ पुस २०८१, सोमबार | Mon Jan 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


हाँडीगाउँको लिच्छवीकालीन कोटागुठीको भवन पुर्ननिर्माण




२८ फागुन ०७८,काठमाडौं । काठमाडौं हाँडी गाँउमा रहेको लिच्छिवीकलीन कोटागुठी भवन पुर्ननिर्माण सम्पन्न भएको छ । शुक्रबार पुर्वउपप्रधानमन्त्री र काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा उद्घाटज गरेका छन् । कार्यक्रममा वडाध्यक्ष रमेश डंगोल, वडा सदस्यहरु, उपभोक्ता समितिका पदाधिकारीहरु तथा स्थानीय उपस्थित थिए ।
नेता पोखरेलले नेवारी संस्कृती जोगाउन सम्पदा जोगाउनु पर्ने बताए । उनले भने, ‘सम्पदा बच्यो भने मात्रै हाम्रो संस्कृती बच्ने हो ।’
महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुर्र्ननिर्माणका क्रममा मौलिक स्वरुप नविगारेको दावी गरे । उनले भने, ‘हामी हाम्रा सम्पदा पुर्ननिर्माण गर्न कसैसँग नमागी गर्न सक्छौं ।’
हाँडी गाउँका नेवार समुदायको अन्तिम संस्कार गर्नका लागि ८ वटा च्या गुठी छन् । कोटा गुठी त्यसै मध्येको एक हो । कोटा गुठीमा यमरी पुन्हीको अघिल्लो पूजा गरिन्छ । यो कोटा गुठी महानगरले ४६ लाख रुपैयाँ बजेटमा पुननिर्माण गरेको हो ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार  ६ : ४० बजे