२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा द्वन्द ब्यवस्थापन सम्बन्धि अभिमुखिकरण आयोजना




२९ फागुन ०७८, ललितपुर । ललितपुरमा द्वन्द व्यवस्थापन र रुपान्तरण सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
परिवर्तनका लागि सहकार्य नेपालले ब्रेड फर द वल्र्डको आर्थिक सहयोगमा संचालित समाजमा शान्ति र विकासका लागि महिला तथा किशोरीहरुको क्षमता अभिवृद्धि परियोजना अन्तर्गत ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकामा विहीबार र शुक्रबार गोदावरी नगरपालिकामा महिला मानवअधिकार रक्षक सञ्जालका सदस्यहरुलाई द्वन्द व्यवस्थापन र रुपान्तरण सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न भएको हो ।

अभिमुखिकरण कार्यक्रममा ४० जना महिला मानवअधिकार रक्षकहरुको सहभागिता रहेको थियो । बबिता पहाडी, तारा नाथ घिमिरे र अशोक गुरुङ्गले कार्यक्रम सम्पन्न गर्न सहजीकरण गरेका थिए ।
महिला मानबअधिकार रक्षकहरुले द्वन्द व्यवस्थापन र रुपान्तरणमा खेल्ने भुमिकामा केन्द्रित भएर उक्त कार्यक्रममा छलफल तथा वहस गरिएको पशिक्षक तारानाथ घिमिरेले बताए । उनका अनुसार महिला र किशोरीहरु माथि हुने हिंसा र विभेदले उत्पन्न द्वन्द, यसका कारणहरु र समाजमा पर्ने असरहरुका बारेमा सहभागीहरुले समुहमा छलफल गरी द्वन्द व्यवस्थापन र रुपान्तरणका उपायहरु निकालेका थिए । ल्ैङ्गिकतामा आधारित हिंसाबाट समाजमा उत्पन्न अशान्ति र द्वन्दलाई व्यवस्थापन र समाधान गर्न सहभागीहरुले प्रतिवद्दता समेत जाहेर गरका थिए ।
महिला माथि गरिने हिंसा र विभेदबाट समाजमा उत्पन्न हुन सक्ने द्वन्दको व्यवस्थापन र रुपान्तरणमा महिला मानवअधिकार रक्षकहरुले सहयोग पुयाउने अपेक्षा र विश्वास यस अभिमुखिकरण कार्यक्रमबाट प्राप्त भएको उनको भनाई छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ६ : ११ बजे