२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


‘इण्डियन आइडल १२’ विवादमा तानिए पवनदीप र अरुणिता




एजेन्सी
२९ फागुन ०७८, काठमाडौं । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ फेम गायक पवनदीप राजन र अरुणिता काजीलालको जोडीलाई दर्शकले निकै मन पराएका छन् । ‘इण्डियन आइडल–१२’ सकिएको महिनौं बित्दा पनि उनीहरुको लोकप्रियता कम भएको छैन । यही जोडी अहिले कानुनी विवादमा तानिएर चर्चामा छन् ।
दुवैमाथि सम्झौतापछि म्यूजिक एलबम सुट र त्यसको प्रोमोसन नगरेको आरोप लागेको छ । म्यूजिक एलबमको सुटिङ अक्टोपस इन्टरटेनमेन्टले गर्न लागेको थियो । जसका लागि अक्टोपसले सोनी टेलिभिजनसँग एक सम्झौता गरेको थियो ।
यो सम्झौता अनुसार पवनदीप र अरुणिताले एल्बमका लागि २० गीतको सुटिङ गर्नुपर्ने थियो । तर उनीहरुले एक गीतको सुटिङ गर्न अस्वीकार गरे । सोनी टेलिभिजनले पवनदीप र अरुणिता ‘इण्डियन आइडल’मा प्रतिष्पर्धा गरिरहँदा यो सम्झौता गरेको थियो ।
यो सम्झौताको बेला गरिएको पत्रकार सम्मेलनमा आयोजकले निकै पैसा खर्च गरेका थिए । पैसा, समय र प्रतिबद्धता गरे पनि पवनदीप र अरुणिताले गीतको सुटिङ रोकेका थिए ।

सोनी टेलिभिजनले यो मामलामा कुनै पनि प्रकारको एक्सन लिन लागेको खबर गलत भएको जनाएको छ । यो विषयमा पवनदीप र अरुणिताको कुनै प्रतिक्रिया आइसकेको छैन । हाल यो जोडी अमेरिकामा गीतको सुटिङ गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ८ : ५५ बजे