२९ फागुन ०७८, काठमाडौं । देशभर रगत अभाव भइरहेका बेला राजधानीमा लायन्स क्लबले रक्तदान गरेको छ । लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा तथा नयाँबजारको संयुक्त आयोजनामा शनिबार काठमाण्डौंको सोह्रखुट्टेमा रक्तदान गरेका हुन् ।
४३ पिन्ट रगत संकलन गरिएको आयोजक लायन्स क्लब हेरिटेज धरहराका अध्यक्ष शक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार संकलन गरिएको रगत कान्तिपुर अस्पताल र वीर अस्पतालमा दिइएको छ ।
लायन्स क्लव नयाँबजारका अध्यक्ष गणेश जीसीले रगतको अभावबाट कोही पनि व्यक्तिले मृत्युवरण गर्न नपरोस् भनेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।
२९ फाल्गुन २०७८, आइतबार
0
Shares
प्रतिक्रिया