२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नागढुङ्गाबाट लागूऔषधसहित पक्राउ



२९ फागुन ०७८, काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ७० ट्याब्लेट सहित कैलाली टिकापुर नगरपालिका-७ बस्ने २७ वर्षीय किरण साउदलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जनकपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१-०२-००१ ख ८८६४ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

यसैगरी काठमाडौंका विभिन्न स्थानबाट करिब २९ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कागेश्वरी बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-७ घर भएका २५ वर्षीय रोमन भण्डारी, कागेश्वरी बस्ने दोलखा भिमेश्वर नगरपालिका-५ घर भएका २५ वर्षीया प्रज्ञा कार्की, काठमाडौं महानगरपालिका-३२ बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका-४ घर भएका ३८ वर्षीय राजेश नेपाल र काठमाडौं महानगरपालिका-३२ बस्ने भारत पश्चिम बंगाल मेदनापुर देवराथाना बहादुरग्राम घर भएका २९ वर्षीय मिजाहिद राजा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले रोमन र प्रज्ञाको कोठाबाट २९ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ, २ थान डिजिटल तराजु तथा नगद १ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त कारोबारमा संलग्न मिजाहिद राजालाई १ सय मिलिग्राम उक्त पदार्थ र राजेश समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 झापा, मेचीनगर नगरपालिका-६ मेचिपुल छेउबाट करिब ८ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कमल गाउँपालिका-६ बस्ने ३४ वर्षीय दिपेन्द्र भण्डारीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दिपेन्द्रलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उदयपुर, बेलका नगरपालिका-१ आम्बासीस्थित सडकबाट करिब १३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित  चौदण्डीगढी नगरपालिका-४ संगम टोल बस्ने ३१ वर्षीय भुषण राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्र.३-०२-०१२ प ७०७७ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटर चालक राईलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इनरुवा नगरपालिका-४ बसपार्कबाट करिब ९६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोशी गाउँपालिका-८ बस्ने २२ वर्षीय मिथुन कुमार यादव र सोही गाउँपालिका-८ भण्टाबारी बस्ने १९ वर्षीय प्रमोद कुमार सरदार रहेका छन् । विआर ३८ एस ०६२३ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण व्यूरो बिराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसेबाट करिब २ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित कैलाशा गाउँपालिका-३ र सोही गाउँपालिका-९ बस्ने २ जना किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नामटारबाट हेटौंडातर्फ जाँदै गरेको ना.४ ख ४०२४ नम्बरको बसलाई प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  १० : ३६ बजे