२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउस्थित वाणी विलास स्कूलको भवन हस्तान्तरण




३० फागुन ०७८, ललितपुर । दक्षिण ललितपुरको सदरमुकामको रूपमा परिचित चापागाँउको प्याङगाँउस्थित वाणी विलास माध्यािमक विधालयको हवन हस्तान्तरण गरिएको छ । शिक्षामन्त्री देवेन्द्र पौडेलले भवन हस्तान्तरण गरेका हुन् ।
गएको महाभुकम्पले क्षति भएपछि शिक्षा विकाश तथा समन्वय इकाई ललितपुरको गत आर्थिक वर्षको ७२ लाख ५२ हजार बजेटबाट विद्यालयको भवन निर्माण गरिएको हो ।
केन्द्रीय आयोजना कार्यान्यवन इकाईका प्रमुख रामशरण सापकोटाले विधालयका भौतिक संरचना राम्रो भएकोले अव विद्यालयले शिक्षाको गुणास्तर बढाउनतर्फ लाग्नु पर्ने बताए ।
उनले भने, ‘अव सरकारी विधालयमा अंग्रेजी र नेपालीबीचको फरक बिस्तारै घटाउदै जानु पर्ने आवश्यकता रहेको छ ।’
विद्यालयका प्रधानाध्यापक रविनप्रकश श्रेष्ठले वाणी विलासलाई मोडल विद्यालय बनाउने, अभियानले काम गरिरहेको बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले ३ वर्षसम्म नगरपालिकाको उत्कृष्ट विद्यालयको पुरस्कार पाएको बताए । उनले भने,‘यस क्षेत्रको यो विद्यालय उत्कृष्ट विद्यालय ठहरएको छ । त्यसैले सरकारी विद्यालयमा आकर्षण बढेको छ ।’


मेयर महर्जनले विद्यालयले गरेको यो प्रगतिले अझैं नपुग्ने भएकाले थप मेहनत गर्नुपर्ने आवश्यकत्तामाथि उनले प्रकाश पारेका थिए ।
मन्त्री पौडेलले विद्यालयका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको बताए । उनले भने, ‘योजना लिएर आउनुस् । के गर्नुपर्छ मन्त्रालयले यस वाणी विलास विद्यालयलाई सहयोग गर्छ ।’

विद्यालयमा नगरपालिकाको १० लाख र चेतनाथ सञ्जेलको सासंदकोषबाट १५ लाख थप बजेटमा कौशीमा ट्रष्ट राख्ने काम भइरहेको कार्यक्रममा जानकारी दिइएको थियो ।
विधालयकी विध्यार्थी तथा चर्चित गायिका सुजाता केसीले गीत गाएर मनोरञ्जन दिएकी थिइन् । उनले यसै विधालयको स्टेजबाट गीत गाउन सुरू गरेको बताइन् ।
विद्यालयले ४० औं अभिभावक दिवसको सन्दर्भमा उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई पुरस्कार समेत वितरण गरेको थियो ।

 

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : २० बजे