२३ पुस २०८१, मंगलबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरको पहिलो क्याम्पस जनभावना क्याम्पस ३१औं वर्षमा



१ चैत्र ०७८, चापागाँउ । दक्षिण ललितपुरको पहिलो क्याम्पस जनभावना क्याम्पसले ३१ औं बार्षिकोत्सव मनाएको छ । सोमबार ललितपुरको चापागाँउको प्याङगाँउस्थित क्याम्पस परिसरमा आयोजित कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले अनलाइन रेडियो र न्युज पोर्टल शुभारम्भ गरे ।
शिक्षामन्त्री पौडेलले अनलाइन रेडियोको उद्घाटनपछि प्रबिधिलाई जोडेर शिक्षा दिन लागेकोमा खुशी लागेको बताए । उनले ११ वटा विश्व विद्यालयहरूलाई सुधार्नु पर्ने जिम्मेवारी रहेको बताए ।
बिश्व बिद्यलय अनुदान आयोगका प्रमुख प्राडा भीमप्रसद सुवेदीले नेपालको उच्च शिक्षा मा धेरै चुनौती रहेपनी जनभवना क्यम्पसले प्रगति गरेको बताए । उनले विद्यार्थीलाई अनुसान्धानमा लाग्न सुझाव दिए । जनभावना क्याम्पसको बिश्व बिद्यालय स्थापनाको लक्ष्यमा सघाउने उनले आश्वाशन दिए ।
जनभावना क्याम्पसका प्रमुख शिवराज सन्जेलले प्राविधिक शिक्षातर्फ अघि बढने बताए ।
उनले क्याम्पस छोटो समयमा प्रगती गरेको प्रमुख सञ्जेलको भनाई थियो ।
अटोनमीको मार्फत क्याम्पस विश्विवद्यालयसम्म पुर्याउने लक्ष्य रहको क्याम्पस प्रमुख सन्जेलको धारणा थियो । अनलाइन रेडियोलाई शिक्षा विस्तारको रुपमा अघि बढाउने सोचका साथ काम गरिरहेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद नवराज सिलवालले जनभावना क्याम्पसले दक्षिण ललितपुरको शिक्षा क्षेत्रमा धेरै राम्रो योगदान दिएको बताए ।
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जनभावना क्याम्पसलाई विश्विवद्यालय बनाउने अभियानमा लाग्ने बताए । कार्यक्रममा नगरपालिकाले करिव २६ रोपनी जग्गा क्याम्पसलाइ उपलव्ध गराउने कानूनी प्रकृया पूरा गरेको जानकरी दिइएको थियोे ।

 

त्रिभुवन विश्विविद्यालयका डिन चित्रबहादुर बुढाथोकीले विद्यार्थीहरूलाई नयाँ ढंगबाट लगानी गर्नुपर्ने बेला आएको बताए ।डीन बुढाथोकीले विद्यार्थीहरूलाई फरक तरिकाले सकाउनु आवअश्यक रहेको बताउँदै समयअनुसारको शक्षण विधि परिवर्तन भइरहेको बताए ।
कार्यक्रममा क्याम्पसको अक्षयकोषमा ४ लाख योगदान दिने राजेन्द्र न्यौपाने ,कपिलदेव न्यौपाने, ध्रुव न्यौपाने लगायतलाई सम्मान गरिएको थियो । क्याम्पसको विभिन्न संकायमा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीहरूलाइ सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

 

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  ६ : ४८ बजे