११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


टंकेश्वरबाट लागूऔषधसहित २ युवक पक्राउ



१ चैत ०७८, काठमाडौं । काठमाडौंमा लागुऔषध नाइट्रोभेटसहित २ युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा लागुऔषधको कारोबार गरिरहेको सूचना पाएपछि कालिमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले सोमबार राति उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले लागुऔषधसहित सिन्धुपाल्चोकको​ त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भई हाल टेकु बस्ने २० वर्षीय अनिश थापा मगर र भारत उत्तर प्रदेश महाराजगन्ज जिल्ला वरमाभोजका १९ वर्षीय अजय गौतमलाई पक्राउ गरेको हो। उनीहरूका साथबाट नाइट्रोभेट ९०० पिस बरामद भएको वृत्तका इन्चार्ज डीएसपी अनिल घिमिरेले जानकारी दिए।

उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम महानगरीय प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलबार  १ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।