७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मेलम्चीबासी आन्दोलित, काठमाडौैं पानी लैजान नदिने चेतावनी




१ चैत ०७८, मेलम्ची । मेलम्ची खानेपानी आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौं लान नपाइने उनीहरुको भनाइ छ । उनीहरुले बाढी पीडितहरुलाई आयआर्जन कार्यक्रमहरु लागू गर्न माग गरेका छन् भने जोखिम न्यूनिकरणका उपाय अलवम्बनको माग गरेका छन् ।

गत असार १ गतेको बाढीका कारण प्रभावितहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोन थालेका हुन् ।
मेलम्ची,याङग्री लार्के र इन्द्रवती नदी बाढी पीडितहरु तथा मेलम्ची आयोजना प्रभावितहरु आफ्नो माग पूरा नभएको र मेलम्ची खानेपानी र सघीय सरकारले पटक पटक आग्रह गर्दा पनि खानेपानी तथा बाढी प्रभावितहरुको माग सम्बोधन नगरेको भन्दै मंलबारबाट आयोजना प्रभावितहरु आन्दोलनमा उत्रिएका हुन् ।
मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण , मेलम्ची इन्द्रवती करिडोर एकीकृत विकास परियोजना लागू गर्न माग गरेका छन् ।
नदीलाई पूरानै धारमा बहाउन, मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्रको कम्तिमा ५ मिटर खोला गहिरो बनाउने र तटिय क्षेत्रमा जोखिममा रहेका बस्तीहरुको संरक्षणका लागी आवश्यक बजेटको तत्काल आयोजनाबाट उपलब्ध गराउन प्रभावितहरुले माग राखेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने हेलम्बु बाढीपीडित सरोकार समन्वय समितिका सचिव अर्जुन भण्डारीले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : ५३ बजे