२४ पुस २०८१, बुधबार | Wed Jan 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर रिटर्नी फेडेरेसनको अध्यक्षमा दुलाल चयन




२ चैत ०७८, ललितपुर । राजु दुलाल रिटर्नी फेडेरेसनको अध्यक्षमा चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जनवर्गिय सङ्गठन रिटर्नी फेडेरेसन नेपाल (आरएफएन) को पहिलो अधिवेशनले दुलाललाई अध्यक्ष चयन गरेको हो ।
सातदोवाटोस्थित नेकपा एमालेको पहिलो भेलाले विश्वका विभिन्न मुलुकबाट पेशा तथा व्यवसाय गरेर फर्केका २१ जनाको नवनिर्वाचित जिल्ला आयोजना कमिटि घोषणा गरेको हो ।
भेलाले उपाध्यक्ष महेश्वर थापा र राम तिमिल्सिना सचिव नवराज बजगाईँ र मातृका दाहाल सहसचिव विदुर केसी कोषाध्यक्ष जमुना घिमिरेलाई चयन भएका छ ।
ललितपुर क्षेत्र नं १ प्रतिनिधि सभाका सांसद नवराज सिलवालले सो भेलामा उपस्थित व्यक्तिलाई आफूले विदेशमा सिकेका कुरालाई मुलुकमा समेत प्रयोगमा ल्याउन आग्रह गरे ।


प्रदेश सभाका सदस्य चेतनाथ सञ्जेलले विदेशमा रहेका युवलाई स्वदेश फर्काउने लक्ष्य अनुरुप आफ्नो पार्टीका साथीले सिन्धुलीमा सामुहिक खेति सञ्चालन गर्नाका साथै दक्षिण ललितपुरमा भने कृषिका कार्यक्रम अघि बढाइरहेका जानकारी दिए ।
वाग्मती प्रदेश कमिटिका सदस्य मधुसुदन पौडेलले संसारमा श्रम भन्ने कुरा एउटा मात्रै मुलुकमा सिमित नभएको धारणा राख्दै विदेशमा गरेको मिहिनेतलाई जीवन जिउन सिकाउने माध्यम ठानेर सोलाई विज्ञान र प्रविधिमा समेत जोड्न आग्रह गरे ।
नेपालका केन्द्रीय कमिटि अध्यक्ष चन्द्रबहादुर रोकाहाले परदेशबाट फर्केका युवाहरुलाई ध्यानमा राखी मुलुकका हरेक पालिकाले बजेट विनियोजन गर्नुपर्ने बताए ।
एमालेका केन्द्रीय कमिटि सदस्य हरिकृष्ण व्यञ्जनकारले विश्वका विभिन्न मुलुकबाट सिकेका र भोगेका कुरालाई मुलुक फर्किएपछि उत्पादनमा जोडेर सो ज्ञानले आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताए ।
एमाले ललितपुर जिल्ला पार्टी कार्यालयका अध्यक्ष पुरुषोतम आचार्यले सो सङ्गठनले बढी भन्दा बढी प्रतिफल आउने गरी पुँजीलाई लगानीमा जोड्नुपर्ने बताए ।
सो जनसङ्गठनका इन्चार्ज रमेशचन्द्र घिमिरेले मुलुकका ५६ जिल्लामा सो आरएफएन कमिटि बनिसकेको जानकारी गराउँदै विदेशबाट ल्याएको रकम घर र जग्गा मात्र खरिद गर्न प्रयोग नगरी अरुलाई रोजगार दिन सक्ने माध्यम समेत बनाउनुपर्ने जिकीर गरे ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ४६ बजे