३ चैत ०७८, काठमाडौँ । काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक २८ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा नगद १८ लाख रुपैयाँ जरिवान, ५ दिन कैद र विगो रकम १८ लाख रुपैयाँ ठहर भई फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले गोकर्णेश्वर नगरपालिका जम्बुडाँडाबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौँ जिल्ला अदालत पठाईएको उक्त महाशाखाले जनाएको छ ।
प्रतिक्रिया