२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा उल्लासपूर्ण फागु



विश्व सम्पदा सूचिमा सूचिकृत पर्यटकीयस्थल भक्तपुर दरबार क्षेत्रमा होली पर्व मनाइँदै । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

३ चैत ०७८, भादगाउँ । वसन्त ऋतुको आगमनसँगै रङ र खुसीको फागुपर्व आज भक्तपुरमा पनि उल्लासपूर्ण रुपमा मनाइयो । काठमाडाँैं उपत्यकालगायत देशका पहाडी क्षेत्रमा फागुपर्व आज मनाइए पनि तराई क्षेत्रमा भने भोलि मनाइँदै छ ।
एकापसमा रङ दलेर खुसी साटासाट गरेर मनाइने यो पर्व भक्तपुरमा नाचगान गर्दै मनाइएको छ । स्थानीय धिमे खलः, बाँसुरी बाजा खलः र दाफा भजन खलःहरुले आ–आफ्ना बाजाको पूजा गर्ने र बाजागाजासहित एकापसमा अबिर दलेर टोल, छिमेक परिक्रमा गरी मनाउने गरिन्छ । फागुन शुक्लअष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी ध्वजापताकासाथ सिङ्गारी चीर गाडेपछि फागुपर्व सुरु भएको मानिन्छ । भक्तपुरमा भने फागुपर्व सुरु भएको जनाउ दिन दत्तात्रयस्थित तचपाल भीमसेन मन्दिरस्थित पाटीमा पुरुष जनेन्द्रीयको प्रतीक काठको लिङ्ग र स्त्री जनेन्द्रीयको प्रतीक कपडाको योनिलाई समागमको आकृतिमा राखेर प्रदर्शन गरिन्छ ।
तचपाल भीमसेन मन्दिरको पाटीमा समागमको आकृतिमा प्रदर्शनमा राखिएको कपडाको योनीलाई द्वापरयुगका भीमसेन र द्रौपदी समागमको रूपमा लिइन्छ । वसन्त ऋतुको आगमनसँगै बोटबिरुवामा पालुवा पलाउने र जताततै हरियाली देखिन थाल्ने तथा फूलहरु फुल्न थालेसँगै मानिसको मन–मष्तिस्क समेतमा एक खालको तरङ्ग पैदा गर्ने संस्कृतिविद् ओम धौभडेलले बताए । “कृषिमा संलग्न भएकाहरु वसन्त ऋतुको आगमनसँगै फुर्सदिला हुन्छन्”, उनले भने ।
फागुलाई विशुद्ध जीवन्त सांस्कृतिक पर्वको रूपमा लिनुपर्ने धौभडेल बताउनुहुन्छ । फागुपर्वले मानिसमा विद्यमान भेद्भावको अन्त्यको सन्देश दिने र बालबालिका युवायुवतीलगायत फागुको रङमा रङ्गिने खुसी साटासाट गर्ने भएकाले यो समावेशी पर्व भएको उनको भनाइ छ ।
संस्कृतिविद् एवं इतिहासविद् पुरुषोत्तम लोचन श्रेष्ठले फागुमा महिला लक्षित गीत–सङ्गीत गुञ्जने गरेको बताउनुभयो । फागु पूर्णिमाका दिन भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धुने र पुनः तचपाल भीमसेन मन्दिरमा पु¥याएपछि भक्तपुरमा फागु विधिवत्रूपमा सम्पन्न हुन्छ । भीमसेनको लिङ्ग बोकेर ब्रह्मायणी नदीमा लगेर धोए छोरा जन्मिने जनविश्वास रहिआएको छ । यही विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेकोे प्रतिस्पर्धा हुन्छ । विशेषगरी वसन्त पञ्चमीदेखि होलीसम्म विवाहको लगन हुन्छ ।

फागुन शुक्ल पूर्णिमाका दिन रङको फागु खेलेपछि उक्त दिन साँझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गुलाबको फूल, अत्तर र अमुखसहित पूजा गर्दै नगर परिक्रमा गर्ने चलन छ । बाटोमा रहेका देवीदेवताका मूर्तिमा तेलमा मुछेको अबिरको डल्लाले छरी साँझ परेपछि दत्तात्रय मन्दिर पु¥याउने चलन छ । रासस

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : ५९ बजे