२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँको आनन्दकुटी विहारमा ७ फिट अग्लो वुद्ध मूर्ति प्रतिस्थापन




४, चैत ०७८, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आनन्द कुटी विहारमा आज शुक्रबार वुद्ध मूर्ति अनावरण गरेका छन् । २०७२ सालको भूकम्पले क्षति पु¥याएपछि विहारको पुननिर्माणका क्रममा महानगरले बुद्धपूजा धम्मागारभित्र ७ फिट अग्लो शाक्यमुनि वुद्धको मूर्ति प्रतिस्थापन गरिएको हो ।


मूर्ति अनावरणपछि बोल्दै मेयर शाक्यले, बुद्ध जन्मेको देशमा वुद्धसँग सम्बन्धित काम गर्न राज्यकोतर्फबाट महानगरले लगानी गरिरहेको बताएका छन् । उनले भने,‘नेपालमा विहार बनाउन अरु देशले लगानी गरेको र काठमाडौँ महानगरले लुम्बिनीमा नेपाली शैलीको महाविहार निर्माण गरेको छ ।’ उनका अनुसार वडा २८ मा वुद्ध विहार र वडा २५ को धर्मकीर्ति महाविहारको विस्तार भवन निर्माण सम्पन्न भएको छ । वडा ५ मा नरबुद्ध विहार निर्माण भइरहेको छ । भगिनी सम्बन्ध भएको रामग्राम नगरको पण्डितपुरमा शान्ति कोलियग्राम पार्क निर्माण भइरहेको छ ।
मेयर शाक्यले भन्नुभयो, ‘सरकारी पैसा खर्च गर्न कानूनले तोकेका प्रक्रिया र मापदण्ड पूरा गर्नुपर्छ । यसको परिधिमा बसेर हामीले वुद्ध दर्शन प्रवर्धनका लागि लगानी गरिरहेका छौँ ।’
विश्व सम्पदा क्षेत्रमा रहेको स्वयम्भू क्षेत्रमा महानगरले निर्माण गरेको वुद्ध मूर्तिका कारण महानगरको गौरव अझ बढेको छ । मूर्ति अनावरणपछिको प्रतिक्रियामा वडा १५ का अध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘पहिले सानो मूर्ति थियो । हामीले यसलाई ठूलोबाट प्रतिस्थापन गरेका हौँ ।’
आनन्द कुटी विहार वि. सं. १९९९ मा धम्मालोक महास्थविरले नेपालमा वुद्ध शाशनलाई पुनर्जागरण गराउन स्थापना गरिएको हो ।

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ७ : २५ बजे