१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


नायक पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति




४ चैत ०७८, काठमाडौं । बलात्कार गरेको अभियोगमा पक्राउ परेका नायक पल शाहलाई ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले ५ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
गत फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएको छ । मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालय मार्फत अदालत समक्ष पेश गरेको थियो ।
तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिन थप समय दिएको थियो । तर, अनुसन्धान नसकिदैं नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।
पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यता नवलपुर जिल्ला अदालतमा भने शाहविरुद्ध अभियोगपत्र दर्ता भइसकेको छ । तनहूँ प्रहरी हिरासतमै रहेका बेला नवलपुर लगिएको थियो । नवलपुर प्रहरीले उनीविरुद्ध अनुसन्धान गर्दै हिजो सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालतमा अभियोगपत्र दर्ता गराएको हो ।
अभियोग पत्रमा शाहलाई १२ देखि १४ वर्ष जेल सयाजको माग दाबी गरिएको छ । अब तनहुँमा अनुसन्धान सकिएपछि थुनछेक बहसका लागि शाहलाई नवलपुर लगिनेछ । न्युज कारखाना

 

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : ४० बजे