१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


भुपेन्द्र भए नेपाल आइडल ४ को विजेता




६ चैत ०७८, काठमाडौं । नेपाल आइडल सिजन ४ को विजेता भैरहवाका भुपेन्द्र थापा भएका छन् ।
एपी वान च्यानलबाट गायन प्रतिभा चौथो संस्करण नेपाल आडलमा टप ५ मा पुगेका भुपेन्द्रले सबैभन्दा बढी मत ल्याई विजेता बनेका हुन ।
उनीसँगै ५ प्रतिस्पर्धी थिए, शनिबार साझ भएको ग्राण्ड फिनालेमा थापा चौथो संस्करणको सर्वाेत्कृष्ट भई उपाधि चुम्न सकेका हुन । थापा ३० लाख रुपैयाँ नगद र ट्रफी सहित विभिन्न स्पोन्सरबाट पुरस्कृत भएका छन ।
थापा टप पाँचमा परेपछि गत साता भैरहवा भोटको अपिलका लागि पुगेका थिए। भैरहवास्थित सनसाइन स्कुल पढेका उनलाई स्कुल र स्थानीयले सपोर्ट गरेर नै उपाधि दिलाउन सकेका छन् ।
त्यस्तै फस्ट रनरअप झापाका नाम्गेल तामाङ, सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाल भएका छन् ।
झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए । लेन्स ः एपी वान

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ६ : २५ बजे