१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


जनसांस्कृतिक राष्ट्रिय सम्मान’बाट पाँच स्रष्टा सम्मानित, (सुचिसहित)



काठमाडौं । चैत ६ गते
‘जनसांस्कृतिक राष्ट्रिय सम्मान’बाट जनसांस्कृतिक महासंघ नेपालले पाँच स्रष्टालाई सम्मानित गरेको छ ।जनसांस्कृतिक महासंघ नेपालले वर्षेनी प्रदान उक्त सम्मान प्रदान गर्दै आएको छ ।नेपाली प्रगतिवादी कला, साहित्य, गीत–संगीत तथा संस्कृतिका क्षेत्रमा योगदान दिएका ललितकलाकर्मी जुलुमलाल चित्रकार, साहित्यकार पोषराज पौडेल, फिल्मकर्मी विमल पौडेल, गायिका प्रगति हिङमाङ र नाट्यकर्मी जेवी रुवालीलाई यो वर्षका लागि सम्मान गरेको हो । सम्मानको राशी १० हजार रुपैंयाँ छ ।नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्रष्टाहरुलाई २४ औं सांस्कृतिक प्रतिरोध दिवसको अवसर पारेर शनिबार राजधानीमा सम्मान गर्नु भएको थियो । उहाँले कार्यक्रममा बोल्दै समाज रुपान्तरणका लागि संस्कृतिकर्मीले महत्वपूर्ण योगदान दिएको बताउनु भएको थियो । समाजमा रहेको विभेदलाई हटाइ प्रगतिशील रुपान्तरणका लागि संस्कृतिकर्मीले निरन्तर खबरदारी गरिरहनुपर्ने उहाँको भनाई थियो ।

जनसांस्कृतिक महासंघका उपाध्यक्ष कर्ण विद्रोहीले संस्कृतिकर्मीले आफ्ना सिर्जनामार्फत रुपान्तरणका पक्षमा माहोल सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको थियो । संस्कृतिकर्मीले दिएको बलिदानले देशमा परिवर्तन आउन सकेको महासंघका केन्द्रीय सचिव केशरी घर्ती मगरको भनाई थियो । महासंघका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले सांस्कृतिक रुपान्तरणविना समाज परिवर्तन हुन नसक्ने बताउनु भएको थियो । कार्यक्रममा कवि प्रथा, बाबा बस्नेत तथा कृष्णकिशु लगायतका कविले कविता वाचन गरेका थिए ।

त्यस्तै नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासंघ नेपालका इन्चार्ज डा.गोपाल ठाकुरले कलाकारलाई वस्तु मात्रै सम्झिने मानसिकताबाट माथि उठ्नुपर्नेमा जोड दिँदै संघर्ष र चुनावका बेला संस्कृतिकर्मी चाहिने प्रवृत्तिको अन्त्य हुनुपर्ने विचार व्यक्त गर्नु भएको थियो । प्रगतिवादी साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले ‘सांस्कृतिक प्रतिरोध दिवस र प्रगतिशील संस्कृति रुपान्तरणको प्रश्न’ विषयमा अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । सांस्कृतिक प्रतिरोध दिवस सांस्कृतिक क्रान्तिकै एउटा बिम्ब भएको उहाँले जिकिर गर्नु भएको थियो ।

२०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जम्मा भएका कलाकारलाई तत्कालीन सत्ताधारीवर्गको कायर मनस्थिति र आतंकित अवस्थाका कारण घरमै घेराहाली आगो लगाएर र गोली चलाएर सात जना कलाकारको जघन्य हत्या गरेको उहाँले बताउनु भएको थियो । तत्कालीन सत्ताले कलाकार च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बसिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा अधिकारी र मञ्जु कुँवरलाई घरमा आगो लगाएर हत्या गरेको थियो । यही दिनको सम्झनामा नेकपा ९माओवादी केन्द्र० ले सांस्कृतिक प्रतिरोध दिवसका रुपमा मनाउँदै आएको छ ।अवधारणा पत्रमाथि टिप्पणी गर्दै उपप्राध्यापक बालाकृष्ण अधिकारीले प्रतिरोध दिवस र प्रगतिशील संस्कृतिका विषयमा ज्ञवालीले गहिरो संश्लेषण गरेको बताउनु भएको थियो ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ११ बजे