११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्रोत नखुलेको २२ लाख नगदसहित एक जना पक्राउ



काठमाडौँ । चैत ६ गते
स्रोत नखुलेको २२ लाख नगदसहित पोखराबाट एक जना पक्राउ परेका छन् । गएराति पोखरा महानगरपालिका–३० पावर हाउसस्थित सडकबाट स्रोत नखुलेको नगद २२ लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका २ रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई पक्राउ गरेको प्हरीले जनाएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।