११ पुस २०८२, शुक्रबार | Fri Dec 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय



६ चैत्र ०७८, काठमाडौं । न्याय सेवा आयोगको आजको बैठकले न्याय सेवाका १८५ जना कर्मचारीको सरुवा गर्ने निर्णय गरेको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले उक्त सेवाका सो कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो । सरुवा हुनेमा ११ सहसचिव, ४० उपसचिव र १३४ अधिकृत गरी १८५ कर्मचारीको रहेका छन् ।

बैठकले जिल्ला न्यायाधीशको परीक्षा उत्तीर्ण गरेका दुईलाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ । लिखित परीक्षा तथा अन्तर्वार्ता परीक्षा उत्तीर्ण भएका भुवन गिरी र ओमबहादुर सोडारीलाई बैठकले जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।