२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जग्गा बैना गरेर ठगेको आरोपमा ललितपुरका घिमिरे पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

७ चैत ०७८, काठमाडौं । जग्गा बैना गरेर गठेको आरोपमा ललितपुर महानगर ३ का ध्रुव प्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार जग्गा बैना गरी रकम ठगी गर्ने गरको अभियोगमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका ४ बस्ने ललितपुर महानगरपालिको ३ घर भएका ४९ वर्षीय ध्रुव प्रसाद घिमिरेलाई काठमाडौं महानगरपालिका १ दरबारमार्गबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
घिमिरेले काठमाडौं महानगरपालिका ३२ बस्ने मोरङ बेलबारी नगरपालिका ३ घर भएकी ४० वर्षीया महिलालोई मालपोत कार्यालय भक्तपुरमा दर्ता श्रेस्ता रहेको भक्तपुर साविक दुवाकोट गाविस १ मा रहेको जग्गा २१ लाख रुपैयाँ दरले ४ आना जग्गा नापजाँच गरी राजिनामा पास गरीदिने भन्दै विभिन्न बैंकको चेकबाट पटक पटक गरी ४५ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहिन भएका थिए ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा घिमिरेले ठगी गरेको खुल्न आएपछि उनलाई पक्राउ गरेको बताएको छ ।उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
पठाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ९ : २६ बजे