१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


तमोर कोरिडोर सडक कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । चैत ७ गते
तमोर कोरिडोर सडक आयोजनाको कालोपत्रे प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्लाका नागरिकलाई तराईसम्म जोड्न छोटो दूरीको उक्त आयोजनाको ट्रयाक खोल्ने काम सम्पन्न भएकाले कालोपत्रे प्रक्रिया थाल्न निर्देशन दिएका हुन् ।तमोर कोरिडोर कालोपत्रे भए पूर्वी पहाडमा उत्पादित कृषि उपजदेखि वन पैदावरसम्मका वस्तुको निर्यातमा सहजता हुने छ ।

आयोजनाको एउटा खण्ड पाँचथरको माझिटारदेखि सुनसरीको चतरासम्मको निर्माण कार्यको जिम्मा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयलाई छ । अर्को खण्ड माझिटारदेखि ताप्लेजुङको ओलाङचुङगोलासम्म भने उत्तर–दक्षिण–दोभान ओलाङचुङगोला कार्यालयलाई निर्माणको जिम्मा छ । यी दुई आयोजना कार्यालयलाई कालोपत्रेको प्रक्रिया थाल्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ४ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।