७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भैँसेपाटीस्थित जङगलमा किशोरी बलात्कृत, युवक पक्राउ



७ चैत्र ०७८, ललितपुर ।१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट सिवालय गाउँपालिका-४ घर भएका २४ वर्षीय नबिन खत्रीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खत्रीले ती किशोरीलाई गत फागुन २५ गते ललितपुर महानगरपालिका२१ खोकना भैँसेपाटीस्थित जङगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ५ : ५७ बजे