८ चैत्र ०७८, काठमाडौं । काठमाडौं का.म.न.पा. वडा नं १६ घर भई बस्ने वर्ष ५४ की बिमला श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी जिल्लामा घरजग्गाको कारोबार गर्ने श्रेष्ठले आफ्ना पाटर्नरलाई जग्गा विक्री बापत भएको आम्दानी नदिइ फरार रहेकी थिइन ।
जग्गा र जमिन खण्डीकरण(प्लटिंग) र बिक्री गरी सो बापत प्राप्त प्रतिफल दुई करोड छपन्न लाख रुपैयाँ नदिई लुकी छिपी बसेको अवस्थामा जिल्ला कार्यालय, नवलपरासीमा जाहेरी परेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उक्त जाहेरी दर्ता भई नवलपरासी जिल्ला अदालतबाट प्राप्त पक्राउ अनुमतिसहित जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट महानगरीय प्रहरी परिसर काठमाण्डौलाई पक्राउको लागि अनुरोध गरेको जनाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौबाट खटिएको बिशेष प्रहरी टोलीले श्रेष्ठलाई बालाजुबाट पक्राउ गरिएको हो।
प्रतिक्रिया