७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


स्थानीयको आन्दोलनपछि सुनाकोठी सडकको मर्मत कार्य सुरु



काठमाडौं । चैत ९ गते
ललितपुरका स्थानीयको आन्दोलनपछि सुनाकोठी सडकको मर्मत कार्य सुरु भउको छ । स्थानीयबासीले सडक मर्मतको माग राखेर आन्दोलित भएपछि सैलुङ कन्ट्रक्सन मंगलबार रातारात काममा जुटेको हो । सुनाकोठी सडकमा सडक बन्द गरेको थाहा पाएपछि सैलुङ कन्ट्रक्सनले दिउँसै डोजर पठाएको थियो । यस सडकमा तीनवटा डोजर र लोडरले सडकको पुरानो कालोपत्र भत्कारहेको छ । कन्ट्रक्सनले वडा कार्यालय अगाडि तीन महिनाभन्दा अघि सडक कालोपत्र गर्ने भन्दै गिट्टी राखेको थियो । केही दिन सडकमा काम पनि गरेको थियो । तर, पछि ठेकेदारले काम नै बन्द गरेका थिए । मंगलबार बिहानैदेखि स्थानीयवासी सुनाकोठी गेटमा सुकुल ओछ्याएर बसेपछि कन्ट्रक्सनले डोजर र लोडर ल्याएर काम सुरु गरेको हो ।

सुनाकोठी सडक मंगलबार रातिसम्मै बन्द गरिएको थियो । यस सडकमा भएर यात्रा गर्नेहरु धापाखेल भैंसेपाटी र गोदावरी सडक प्रयोग गरेका थिए ।कन्ट्रक्सनका सुपरभाइजर एकदेव पोखरेलले चार दिनमा सडकमा बेस राखिसक्ने बताए ।स्थानीयवासीले सडक कालोपत्र नभई सडक नछोड्नै भन्दै धर्नामा बसेपछि ठेकेदारले राति काम गरेको कन्ट्रक्सनका सुपरभाइजर पोखरेल बताउँछन् ।स्थानीय रामचन्द्र महर्जनले धुलोले स्थानीयवासी बिरामी भएपछि सडक बन्द गरेको बताए ।

सडक बन्द गरे पनि पेलेर गाडी गुड्न थालेपछि स्थानीयहरु बीच सडकमै ग्याँस चुलो बालेर चिया बनाउन थालेका थिए । उनीहरु सडकमा सुकुल राखेर बसेका थिए । सडकै बसेकी ज्ञानुकुमारी महर्जन कालोपत्र नभएसम्म सडकमै बस्ने अड्की कसेर बसेकी छिन् । वृद्धा इन्द्र कुमारी महर्जन पनि सडक कालोपत्र गराउन सडकै बसेकी छिन् । सुनाकोठीकी स्थानीयले आफूहरू सडक कालोपत्र भएपछि मात्र सडक छोडेर घर जाने बताएका छन् । सुनाकोठी सडक बन्द भएपछि लामो समय धापाखेल सडक जाम भएको ट्राफिक प्रहरी प्रभाग चापागाँउले बताएको छ । सडक बन्द भएका कारण यो सडक भएर हिँड्ने यात्रुले सास्ती खेपेको ट्राफिक प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १२ : ०६ बजे