७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चोभारमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु



८ चैत्र ०७८, काठमाडौं । काठमाडौं किर्तीपुरकाे चोभारमा टाटा सुमो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उनीहरुकाे पचारका क्रममा बयोधा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएका काठमाडौं महानगरपालिका–१४ बस्ने अन्दाजी १८ वर्षीय नविन्द्र तिमिल्सिना र नागार्जुन नगरपालिका बस्ने अन्दाजी २६ वर्षीय समिर गिरीलाई उद्धार गरेर बयोधा अस्पताल लगेको थियो । उनीहरुको उपचारकै क्रममा मृत्यु भएको हो ।

बल्खुबाट चोभार जाँदै गरेको ना १ ज ६३५४ नम्बरको टाटा सुमो र विपरित दिशाबाट आउँदै गरेको बा ९२ प २३१ नम्बर को पल्सर मोटरसाइकल चोभार डाँडाको घुम्तिमा ठोक्किएका थिए ।

प्रहरीले टाटा सुमोको चालक बाराको जितपुर उपमहानगरपालिका ६ घर भएका २७ को संजय खानलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : २६ बजे