७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँ उपत्यकाका सम्पदास्थल सरसफाई




१० चैत्र ०७८, काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा सुरु गरिएको काठमाडौँ उपत्यकाका सम्पदा सफाइ सुरु गरिएको छ ।.
अभियानको अन्तिम दिन बुधबार भद्रकाली मन्दिर परिसर सफाइ गरी कार्यक्रम समापन गरिएको हो । सम्पदा सफाइ अभियानका क्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका दरबार क्षेत्र, मध्यपुरथिमी नगरपालिकाका सम्पदा क्षेत्र गरी २५ सम्पदास्थलमा सफाइ गरिएको अभियानकर्मी कमलबहादुर राजलवटले राससलाई जानकारी दिएका छन् ।
सफाइमा स्थानीयवासी, वाग्मती एवं काठमाडौँ उपत्यकामा सञ्चालित अन्य सरसफाइ अभियानकर्मी, निजामती कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, सामाजिक अभियानकर्मीलगायतको सक्रियता थियो ।
सरसफाइका क्रममा वरिपरिका स्थानीयवासीलगायत उपस्थित सबैलाई गुर्जाेको महत्व प्रकाश पार्दै गुर्जाे चियासमेत सेवन गराइएको थियो । उपस्थित सफाइ अभियानकर्मीलाई गुर्जोलगायत ६० प्रकारका जडीबुटीबाट बनाइएको चिया र धुलोका पोकासमेत निःशुल्क वितरण गरिएको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : १३ बजे