२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरियो



८ चैत्र ०७८, काठमाडौं ।फिल्म ‘ह्यारी कि प्यारी’को इन्डक्ल्याप गरिएको छ ।उक्त निर्देशन फिल्मको डा. कपिल रिजालको रहेको छ । साढे दुई दशकदेखि लण्डनमा दन्त चिकित्सकका रुपमा स्थापित डा.रिजालले लण्डन र नेपालमा विभिन्न छोटा फिल्म तथा म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् ।फिल्ममा जितु नेपाल, साम्राज्ञी आरएल शाह, विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको अभिनय छ ।

 

फिल्ममा निर्देशक डा. रिजालको कथा, डा. रिजाल, सुदीप बराल, गिरीराज घिमिरे र अभिमन्यू निरवीको पटकथा तथा संवाद, डा. भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, कविराज गहतराजको कोरियाग्राफी, सुदीप बरालको छायाँकन र अर्जुन जिसीको सम्पादन छ ।निर्देशक डा. रिजालले कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई पर्वतबाट सुटिङ शुरु गरिएको फिल्मको करिब डेढ महिनापछि इन्ड क्ल्याप गरिएको बताउनु भएको छ ।

डा. रिजाल स्त्री रोग विशेषज्ञ तथा गीतकार डा.भोला रिजालका छोरा हुन् ।फिल्म काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा खिचिएको छ । ‘पारिवारिक कथामा बनाइएको फिल्म सिचुएसनल कमेडीमा आधारित रहेको निर्देशक डा.रिजालको भनाइृ छ । फिल्म बिआर प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।डा.रिजालले अंग्रेजी भाषाका सर्ट फिल्महरु ‘गिल्ट’, ‘साइलेन्स’ र ‘कर्मा’ निर्माण तथा निर्देशन गरिसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ८ : ४९ बजे