२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमालेमा स्थानीय तहमा चुनावी तालमेल गर्ने विकल्प खुला



१० चैत ०७८, काठमाडौं । नेकपा एमालेले स्थानीय तहमा सकेसम्म एक्लै लड्ने र तालमेलको आवाश्यक्ता परेको खण्डमा गर्न सक्ने विकल्पमा छलफल चलाएको छ ।
काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक्त परेको खण्डमा तालमेल गर्न सकिने विकल्पका बारेमा छलफल सुरु गराएका छन् ।
शक्ति सन्तुलनको यथार्थ स्थितिको निरन्तर आंकलन गर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले ‘मूलतः एक्लै विजय हासिल गर्ने तयारीका साथ अगाडि बढ्ने’मा जोड गरे पनि तालमेललाई भने नकारेका छैनन् ।
‘स्थानीय वास्तविकता र आवाश्यक्ताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने’ विकल्प खुला राख्दै ओलीले सो तालमेलका बारेमा प्रदेश कमिटीलाई जानकारी मात्र होइन, सहमति पनि लिनुपर्ने निर्देशन दिएका छन् ।
न्युज कारखाना

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।