२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने,चलचित्रको दर्ता प्रक्रिया सुरु



१० चैत्र ०७८, काठमाडौं । आगामी वैशाखमा ५–७ गतेसम्म लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने भएको छ । सेलिब्रेटी नेपालको आयोजनामा गोरखाको  महोत्सव हुने भएको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेको महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरूलाई सहभागी गराइनेछ । बिहीबारबाटै चलचित्रको दर्ता प्रक्रिया पनि सुरुवात भएको छ । महोत्सवमा सहभागी हुन चाहने चलचित्र टिमले [email protected]  मा इमेल गरेर सहभागीता जनाउन सक्नेछन् ।पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष रघुनाथ सापकोटाले जनाएका छन् ।

महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी सर्ट फिल्म, डकुमेन्ट्री, फिचर फिल्म र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । जुरी टिमले छनोट गरेका चलचित्र अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।प्रदर्शन गरिएका चलचित्रसँग सम्बन्धित चलचित्रकर्मी तथा आमदर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा चलचित्र बनाउने विषयमा वर्कसप हुने र चलचित्रकर्मीबीचमा ग्रामीण चलचित्रको कथा तथा मौलिक चलचित्र निर्माणसम्बन्धी अन्तरक्रिया हुने र उत्कृष्ट चलचित्रलाई जुरी टिमको निर्णयअनुसार अवार्ड प्रदान गरिने सापकोटाको भनाइ छ ।कार्यक्रम गरिने क्षेत्र लाप्राकको सांस्कृतिक तथा त्यहाँको पर्यटकीय क्षेत्र समेट्ने विभिन्न प्रस्तुतिसमेत रहने जनाइएको छ ।

नेपाली मौलिक चलचित्र, चलचित्रकर्मी र स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आमदर्शकलाई नेपाली मौलिक चलचित्रप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका चलचित्रहरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।्

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ११ : १० बजे