२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा १ सय ५० युवा एमालेमा प्रवेश




१० चैत्र ०७८, ललितपुर । विहीबार ललितपुरमा १ सय ५० जना युवाहरु एमाले प्रवेश गरेका छन् । जावलाखेलस्थित एक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस ललितपुर महानगर वडा नं. ३ पुर्ववडासभापति जावलाखेल क्लवको उपाध्यक्ष समिर केसी, क्षेत्र नं २ की उपाध्यक्ष तारा सुनुवारसहित ३ दर्जन युवाहरु, तरुण दलका नेता कार्यकर्ताहरु, नेकपा माओवादीका सुरेस शाहीसहित २ दर्जन युवाहरु, वाइसिएलका अञ्जन घिमिरेसहितका युवाहरु, नेपाली कांग्रेसका रमेश घिमिरेसहित २ दर्जन कार्यकर्ताहरु, समाजसेवी तारक केसीसहित ललितपुर महानगरपालिका तथा महालक्ष्मी नगरपालिका तथा गोदावरी नगरपालिकाका करिब १५० जनाको संख्यामा एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट एमाले प्रवेश गरेका नवप्रवेशी रमेश पहरीले नेपाली कांग्रेस दलालहरुको पार्टी बनेकोले एमाले एमाले प्रवेश गरेको बताए । उनले कांग्रेसले विकासको नाममा दलाली मात्र जानेकाले आफुले एमालेको पथ स्वीरेको बताए ।
नेकपा एमालेकी पोलिटब्यूरो सदस्य शुसिला नेपालले राष्ट्रनिर्माणमा एमाले लागिपरेको र सो कार्यमा सक्रिय हुने चाहनासहित एमाले प्रवेश गरेकोमा नवप्रवेशीलाई बधाई दिइन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सह इञ्चार्ज हरिकृष्ण व्यञ्जनकारले टोल टोलमा एमालेको क्रेज बढ्दै गएकोले एमालेले आगामी निर्वाचनमा बहुसंख्यक स्थानमा विजयी हासिल गर्ने दावी गरे ।
प्रतिनिधिसभाका सांसद तथा एमाले वागमती प्रदेश सदस्य नवराज सिलवालले नवप्रवेशीहरुले एमालेमा प्रवेश गरेपछि विकासको नयाँ उदेश्य प्राप्तिमा सफल हुने वातावरण निर्माण भएको बताए ।
नेकपा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले गाउँगाउँमा नेकपा एमालेको प्रभाव बढ्दै गएकोले एमाले प्रवेश गर्नेको संख्या बढ्दै गएकोले स्थानीय स्तरमा पनि पार्टी प्रवेश कार्यक्रमहरु निरन्तर जारी रहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव लेखराज भट्टले दलाल पुँजीवादको पछि लागेर समृद्धि नआउँने बताए । नेकपा (एमाले) ललितपुरद्धारा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा एमाले सचिव भट्टले प्रचण्डले क्रान्तिलाई कांग्रेसजस्तो दलाल पुँजीवादको पछि पार्टी लगाउको आरोप समेत लगाएका थिए ।

 

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ५० बजे