३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


रञ्जना सिनेमा हल पुनः सञ्चालनमा




११ चैत्र ०७८, काठमाडौं ।आजबाट न्यूरोडको रञ्जना सिनेमा हल पुनः सञ्चालनमा आउने भएको छ । बन्द भएको वर्षौंपछि यो हल रञ्जना सिनेप्लेक्सको नाममा सञ्चालनमा आएको हो । रञ्जना सिनेमामा तीन वटा अडिटोरियम रहेका छन् ।१३०, १८० र २५१ सिट क्षमताका भिन्ना भिन्नै अडिटोरियम अत्याधुनिक सेवा सुबिधाका साथ सञ्चालनमा आएको छ । सञ्चालक नरेन्द्र महर्जनका अनुसार सिनेमा प्रोजेक्सनलाई स्तरिय बनाउन फोरके प्रोजेक्सन राखिएको छ । एलडब्ल्यु साउण्ड सिष्टम जडान गरिएको छ ।

थ्रिडि चलचित्रका पारखीहरुलाई लक्षित गरी हलमा थ्रिडी सिस्टम पनि हलमा जडान गरिएको छ ।विस २०१४ सालबाट सञ्चालनमा आएको रञ्जना नेपालकै पुरानो चलचित्र हलमध्येको एक हो । कुनै समय चलचित्र प्रदर्शनका लागि प्रमुख मानिने रञ्जना सिनेमा बन्द गर्दै सञ्चालकले सो स्थानमा रञ्जना ट्रेण्ड सेन्टर निर्माण गरेका थिए । २०७१ साल साउन २५ गतेबाट रञ्जना ट्रेण्ड सेन्टर सञ्चालनमा आएको थियने । कालु गुरुङ, वीरेन्द्रनारायण महर्जन र नरेन्द्र महर्जनको टिमले संचालन गरेको हलमा बिहीबार साँझ विशेष शो आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ९ : २१ बजे