३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


राष्ट्रिय लोकदोहोरी महोत्सव’ टुँडिखेलमा हुँदै



११ चैत्र ०७८, काठमाडौं । टुँडिखेलमा ‘ आगामी २५ देखि ३० चैतसम्म राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो ।यसपटक प्रतियोगितामा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार पाँच लाख, दोस्रोले तीन लाख, तेस्रोले दुई लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  १२ : ०६ बजे