२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सिन्धुपाल्चोकमा बुद्ध मूर्ति तोडफोड



तस्बीरः फूलकाजी घिसिङको फेसबुकबाट

११ चैत्र ०७८, सिन्धुपाल्चोक। सिन्धुपाल्चोक मुन्थलामा बुद्धको मूर्ति तोडफोड भएको छ। जुगल गाउँपालिका ७ याङ्लाकोटको मुन्थलामा निर्माणाधीन पार्कमा राखिएको बुद्धको मूर्ति तोडफोड भएको हो ।

बुधबार राति अज्ञात समूहले बुद्धको मूर्ति तोडफोड गरेको वडा नम्बर ७ का अध्यक्ष दिलकुमार लामाले बताएका छन् ।

पार्कले पूर्ण रूप नलिँदै अज्ञात समूहले रिसिइबीका कारण तोडफोड गरेको हुनसक्ने बताएका छन्। उनले प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताए।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।