२१ माघ २०८२, मंगलबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठमा एक युवकले गरे आफ्नै श्रीमतीको हत्या



१२ चैत ०७८, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार आफ्नै श्रीमती २४ वर्षीया लक्ष्मी तामाङ(थापा) को हत्या गरेको अभियोगमा बूढानीलकण्ठ नगरपालिका १३ चुनिखेल डेरा गरी बस्ने उदयपुर कटारी घर भएका २१ वर्षीय भक्त बहादुर थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिबादको कारण भक्तले धारिलो हतियार दाउ प्रहार गरी गम्भीर घाइते बनाई फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगंज र महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । घाइतेलाई तत्काल उपचारको लागि चुनिखेलस्थित करुणा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ६ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।