७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर र काठमाडौं महानगरलाई फोहोर व्यवस्थापनवारे विस्तृत प्रतिवेदन पेश गर्न सर्वोच्चको आदेश



१३ चैत्र ०७८,ललितपुर । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्ययोजनासम्बन्धी विस्तृत प्रतिवेदन तयार गर्न दुई महानगरलाई आदेश दिएको छ ।
काठमाडौंको फोटो व्यवस्थापन नभएकोवारे दायर रिट निवेदनमा सर्वोच्च अदालतले ५ महिनाभित्र विस्तृत प्रतिवेदन तयार गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासको आदेशमा भनिएको छ, ‘काठमाडौं र ललितपुरमा नियमित रुपमा फोहोरमैला व्यवस्थापन गर्न के के कठिनाई र बाधाहरु हुने गर्छन रु सबै बुँदाहरुमा र साथै महानगर र उपमहानगरपालिकाको अनुभवबाट देखिएका अन्य अवस्थाहरुमा पनि केही सुझावहरु समेत भए तिनीहरुलाई समावेश गरी विस्तृत रुपको प्रतिवेदन पाँच महिना भित्रमा पठाउनु ।’

दैनिक रुपमा निस्कने फोहोरको व्यवस्थापन हुन नसकेमा वातावरण दुर्गन्धित भई आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै सर्वोच्च अदालतले कुहिने र नकुहिने फोहोर छुट्याउन आदेश दिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ७ : ४९ बजे