११ पुस २०८२, शुक्रबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं तेस्रो धेरै मतदाता भएको जिल्ला



१३ चैत ०७८, काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि घोषणा भएको माघ २४ गतेभत्रि मतदाता नामावलीमा नामदर्ता गरी वैशाख २९ गते १८ वर्ष उमेर पूरा हुने ८७४१५३० महिला ८९९२०२० पुरुष तथा १८३ अन्य गरी जम्मा १ करोड ७७ ला ३३ हजार ७ सय २३ मतदाताको अन्तिम नामावली आयोगले स्वीकृत गरको छ।
आयोगका अनुसार मोरङमा सबैभन्दा धेरै मतदाता रहेका छन् । जहाँ ७१५२२३ मतदाता रहेका छन् ।
झापामा ६४६२३४ मतदाता रहेका छन् भने तेस्रो स्थानमा काठमाडौं रहेको छ । ६३७७७५ मतदाता रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार मनाङमा सबैभन्दा कम ६ हजार ४९३ रहेको छ । त्यसपछि मुस्ताङ र डोल्पा रहेको छ ।

आयोगका अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै मतदान केन्द्र रहेको छ । जहाँ ४ हजार १८९ मतदान केन्द्र रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ११ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।