१४ चैत ०७८, ललितपुर । नेपाली कांग्रेस ललितपुरले संसदीय समिति गठन गरेको छ । आइतबार बसेको कार्य समितिको बैठकले संसदीय समिति गठन गरेको हाे ।
संसदीय समितिमा जिल्ला कार्य समितिका पदाधिकारीसहित १२ जना छन् । जसमा केन्द्रीय सदस्य स्वत आमन्त्रित संसदीय समितिका आमन्त्रीत सदस्य हुनेछन ।
विधानमा भएको व्यबस्था अनुसार केही संख्या पछि थप्ने गरि संसदीय समिति बनाइएको जिल्ला सचिव वशिष्ठ अधिकारीले जानकारी दिए । नेपाली काँग्रेसको विधानमा केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रिय कार्य समितिको बैठकबाट संसदीय समिति गठन गर्ने व्यबस्था छ । जस अनुसार वडा स्तरको टिकट क्षत्रिय संसदीय समितिले वितरण गर्ने छ ।
गाउँपालिकाका प्रमुख, उप–प्रमुख र जिल्ला समन्वय समितिका सदस्यहरुको टिकट जिल्ला स्तरको संसदीय समितिबाट बितरण हुनेछ । नगरपालिका र उप–महानगर पालिकाका प्रमुख, उप–प्रमुख, जिल्ला समन्वय समितिका प्रमुख, उप–प्रमुखको टिकट प्रदेश स्तरीय संसदीय समितिले वितरण गर्ने व्यवस्था छ । महानगरपालिकाका प्रमुख र उप–प्रमुखको टिकट केन्द्रीय संसदीय बोर्डले दिने व्यवस्था छ ।
हेर्नुहोस ललितपुर काँग्रेसको संसदीय समितिमा को–को परे ?
जितेन्द्र कुमार श्रेष्ठ-सभापति
सुदर्शन घिमिरे-उप–सभापति
गजेन्द्र महर्जन-उप–सभापति
राजन प्रसाद घिमिरे- सचिव
वशिष्ठ कुमार अधिकारी-सचिव
गणेश के.सी-सह–सचिव
ऋषिदेव फुयाँल-सह–सचिव
दिलमन खड्का-कोषाध्यक्ष
सन्तोष राज के.सी- जिल्ला सदस्य
सानुकाजी महर्जन- जिल्ला सदस्य
हरिहर कार्की -जिल्ला सदस्य
लक्ष्मीमल्ल- जिल्ला सदस्य
प्रतिक्रिया