७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लोकन्थली र रामघाटमा चोरी




१४ चैत ०७८, काठमाडौं । भक्तपुरको लोकन्थली र काठमाडौंको रामघाटमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका १५ रामघाट फलामे पुल नजिक डेरा गरी बस्ने भारत सितामढी घर भएका ४० वर्षीय विजय गुप्ताको कोठाबाट नगद ४ लाख रुपैयाँ तथा सुनका विभिन्न गहना समेत गरी करिब ७ लाख ५१ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको हो ।
साथै भक्तपुरको मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली रमाइलो चोक डेरा गरी बस्ने काभ्रे चौरी देउराली गाउँपालिका ६ घर भएका ३० वर्षीय लक्ष्मण पहरीको कोठाबाट नगद ३० हजार रुपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ६ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्नको सम्बन्धमा प्रहरीले अनुसन्धानसँगै खोजी गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार  ७ : ११ बजे