८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


ललितपुरमा म्यादी प्रहरीमा दोव्वर आवेदन (तस्विरहरु)



१८ चैत्र, ललितपुर । ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुन का लागि मागभन्दा दोव्वर भन्दा धेरै युवा युवतीहरुको आवेदन परेको छ । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्दिविक्रम शाहका अनुसार २ हजार ९ सय ४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् । उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो । तर १ हजार १ सय २५ जना आवेदन मागेकोमा २ हजार ९ सय ४ जनाको निवेदन आएको छ ।’


आवेदन दिनमध्ये पनि केही छनौट प्रकृयामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने,‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरु छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर यस पल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’
उनका अनुसार अहिले महिलाको संख्यामा भने केही बृद्धि भएको छ ।


जावलाखेल फुटवल ग्राउण्डमा भइरहेको शारिरीक छनौट प्रकृया विहीबारसम्म चल्लेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । चैत्र २१ गते लिखितमा उतिर्णहरुको अन्र्तवार्ता हुनेछ भने चैत्र २२ गते हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ ।


म्यादीमा भर्ना हुनका लागि प्रहरीले महिलाका लागि ५ फिट पुरुषका लागि ५ फिट २ इन्च हुनु पर्ने मापदण्ड राखेको छ । छनौट प्रकृयामा पुसअप,सेटअप,दौड स्वास्थ्य परिक्षण, तौल र उचाई नापजाँच गरिएको थियो ।

 

 

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ८ : ३८ बजे