२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु



फाइल तस्बिर

१७ चैत ०७८, काठमाडौं । नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको डच प्रहरीले भनेको छ ।

एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।