१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रेस्टुरेन्टमा गोली चल्दा दुई जनाको मृत्यु



फाइल तस्बिर

१७ चैत ०७८, काठमाडौं । नेदरल्यान्ड्सको उत्तरी सहर ज्वोल्लेमा रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा बुधबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ । ‘रेस्टुरेन्टमा भएका गोलीबारीका घटनामा दुई जनाको मृत्यु भएको डच प्रहरीले भनेको छ ।

एउटा रेस्टुरेन्टमा खाना खाइरहेका बेला एक बन्दुकधारीले उनीहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली हानेको थियो । गोली प्रहारपछि रेस्टुरेन्टमा रहेका अन्य ग्राहक आतंकित बनेका थिए । प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहिबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।