१८ चैत ०७८, काठमाडौं । भन्सार छली चोरी पैठारी गरी ल्याईएका ३० थान मोवाइल सहित काठमाडौं नागार्जुन नगरपालिका ३ ईचंगुनारायण ठेगाना भएका २९ वर्षीय आशिक श्रेष्ठलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट आशिक श्रेष्ठ समेतका व्यक्तिले मोवाइल लगायतका अन्य सामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं नागार्जुन नगरपालिका ३ स्वयम्भू हलचोकस्थित आशिक श्रेष्ठको एएस मोवाइल स्टोरमा तलासी गर्दा भन्सार चोरी पैठारी गरी ल्याईएका विभिन्न कम्पनीका मोवाइल फेला पारी उनलाई पक्राउ गरेको जानकारी दिएको छे ।
उनलाई आवश्यक कारवाहीको लागि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
१८ चैत्र २०७८, शुक्रबार
0
Shares
प्रतिक्रिया