ललितपुर खबर
१८ चैत्र ०७८, ललितपुर । ललितपुरको महालक्ष्मी नगरको स्थानीय निर्वाचनमा एमाले निकट संचारकर्मी वलराम वाग्ले र स्थानीय नेता सुजित बस्नेतले नेकपा एमालेबाट वडाध्यक्षको दावी गरेका छन् । संचारकर्मी वडाध्यक्षमा र बस्नेत वडाध्यक्षमा नेकपा एमालेबाट आफू नै वडाध्यक्षको उम्मेदवार हुनु पर्ने दावी गरेका हुन् ।
राजधानी दैनिक, आर्थिक दैनिकलगायत पत्रपत्रिकामा मार्केटिङको रुपमा काम गरिसकेका वाग्ले आफूलाई समाजसेवी भएको र विकाशका एजेण्डालाई बलियो रुपमा उठाउन सक्ने हैसियत राख्ने हुँदा एमालेबाट आफूले टिकट पाए जितेर अघि बढ्ने दावी गरे । उनले भने,‘मैले जिते महालक्ष्मीमा विकाशका धेरै योजना अगाडि बढाउछु ।’
स्थानीय युवा नेता महतले भने, ‘दावी त मेरो पनि हो तर म अरुजस्तो हल्ला गर्दै हिडेको छैन । काम गर्ने हो पार्टीको निर्देशन मान्ने हो ।’ राजनीतिमा युवाहरुको जरुरी रहेको बताउने बस्नेत समाज परिवर्तनमा युवाहरुको आवश्यक रहेको जिकिर गर्छन् ।
अघिल्लोपल्ट यस वडाबाट नेकपा एमालेबाट नकुल थापा वडाध्यक्ष जितेका थिए । उनी अहिले नेकपा समाजवादीमा प्रवेश गरेका छन् । वाग्ले केही समयअघिसम्म माओवादी केन्द्र सम्बद्ध थिए । नेकपा फुटेपछि उनी एमालेमै छन् ।
२०६५\६६ सालमा उनी माओवादी नजिक भएर राजधानी दैनिकमा श्रमजीविको पक्षमा आन्दोलनमा सहभागी थिए । उनले आर्थिक दैनिकमा काम गरे भने मासिक पत्रिका हुँदै विज्ञापन एजेन्सी समेत चलाए । उनी अहिले आधारभूमि डटकम अनलाइन चलाउछन् ।
प्रतिक्रिया