१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


महाँकालमा मोटरसाइकललाई ग्यास बुलेटले दियो ठक्कर, ६४ वर्षीय मोहम्मदकाे मृत्यु



१८ चैत्र ०७८, काठमाडौं । ग्यास बुलेट ट्यांकरको ठक्करबाट काठमाडौंको महाँकालमा मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं महानगरपालिका–१ का ६४ वर्षीय गुलाम मोहम्मदको उपचारका क्रममा वीर अस्पतालमा बिहीबार बेलुका ७ बजे मृत्यु भएको जनाइएको छ ।

मोहम्मदले चलाएको बा६४प ६३८० नम्बरको मोटरसाइकललाई वाग्मती प्रदेश ०३ ००१ क ०५५१ नम्बरको ग्यास बुलेटले हिजो साँझ करिब पौने ६ बजे ठक्कर दिएको थियो । बुलेट चालकलाई प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।