१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण




१९ चैत्र ०७८, चन्द्रागिरि । चन्द्रागिरि नगरपालिकाको बाडभञ्ज्याङमा बिसे नगर्चीको शालिक निर्माण गरिएको छ । बिसे नगर्ची स्मृति वाटिका निर्माण समितिले नगर्चीको पूर्ण कदको शालिक निर्माण गरी आज अनावरण गरेको हो ।
विसं १७४६ मा जन्मिएका नगर्चीले राज्य एकीकरणका क्रममा राष्ट्रमा आर्थिक सङ्कट परेको समयमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई एक रुपैयाँको ढ्याक दिई गोरखाका १२ हजार घरधुरीबाट एक÷एक रुपैयाँ उठाउन सुझाव दिएका थिए । नगर्चीले पृथ्वीनारायण शाहलाई कासीमा हतियार किन्न जाँदा श्रीहर्षसँगै लिएर जान र कालु पाँडेलाई राज्यको मूल काजी बनाउन सुझाव दिएका थिए ।
प्रतिनिधिसभाका सांसद अञ्जना विसंखेले बिसे नगर्ची कुनै एउटा समुदायको मात्र नभएर सिङ्गो राष्ट्रको व्यक्ति भएकाले राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए। समितिका अध्यक्ष दिनेश परियारले बिसे नगर्चीलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे । करिब रु ६० लाखको लागतमा शालिक निर्माणसँगै बाटिका निर्माण गरिएको हो । त्यसैगरी आजै बाडभञ्ज्याङ स्वास्थ्य चौकी भवन र घट्टे डाँडा पार्कको आज उद्घाटन गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ८ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।