२ भदौ २०८३, मंगलबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आज प्रधानमन्त्री देउवा धार्मिकस्थल बनारस जाँने



फाइल तस्विर

२० चैत ०७८, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान त्यहाँको उत्तर प्रदेशको धार्मिकस्थल बनारस जाँदैछन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने कार्यक्रम तय भएको छ । त्यहाँ देउवाले काशी विश्वनाथको मन्दिर दर्शन गर्नेछन् ।

भारत सरकारले विशेष विमानबाट देउवालाई बनारस लैजानेल्याउने व्यवस्था मिलाएको छ । देउवा तीन दिने भ्रमणका लागि गत शुक्रबार भारत गएका थिए । उनी आज साँझ काठमाडौं फर्कनेछन् ।शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपाल भारतबीच चार वटा सम्झौतापत्रमा हस्ताक्षर भएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ७ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।