१२ पुस २०८२, शनिबार | Sat Dec 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नगरप्रमुख श्रेष्ठलाई सम्मान   



२० चैत ०७८,  भक्तपुर । मध्यपुरका मूर्त, अमूर्त कला, संस्कृति एवं सम्पदाको संरक्षण तथा मध्यपुरथिमिको विकासमा विशिष्ट योगदान पुर्याएको भन्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलाई सम्मान गरिएको छ ।

मध्यपुरथिमिका सम्पदाहरुको संरक्षण गरेबापत नेपालभरिका पालिकाहरुमध्ये उत्कृष्ट घोषित भई युएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले उहाँलाई एसिएन टाउनस्केप अवार्डबाट सम्मान गरेको थियो । नगरप्रमुख श्रेष्ठले आफ्नो पाँचवर्षे कार्यकालमा मध्यपुरथिमिका ४५ मन्दिर, ४२ पार्टी पौवा, १७ पोखरी, २७ ढुङ्गेधारा, तीन दरबार र पाँच बौद्ध विहार पुनःनिर्माण गरेको बताए ।

मध्यपुरस्थितदबुलि नेपालले आयोजना गरेको सम्मान कार्यक्रममा नेपालभाषा ख्यालः विधामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका आशाकाजी थकु, अन्नपूर्णेश्वरी श्रेष्ठ र अशोककुमार बस्नेतलाई पनि जनही रु १० हजारसहितको तेजकृष्ण नानीमाया स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कृत व्यक्तिलाई धिमेबाजासहित मध्यपुरथिमिको सम्पदा क्षेत्र परिक्रमा गराइएको थियो ।  दबुलि नेपालका सचिव सुरेन्द्रविक्रम प्रजापतिले संस्थाले हालसम्म गर्दै आएका विभिन्न कार्यक्रमबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा दबुलि नेपालले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र मध्यपुरथिमि नगरपालिकाको सहयोगमा निर्माण गरिएकोे मुहालि बाजा वृत्तचित्रको लोकार्पण तथा प्रदर्शन गरिएको थियो ।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणकृष्ण श्रेष्ठ (रायन), दबुलिका संस्थापक डा सुभाषराम प्रजापति, दबुलि नेपालका अध्यक्ष सन्तोष प्रजापति, पत्रकार सुरेश किरण, नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यलगायतले सम्पदाले नै उपत्यकाको पहिचानलाई जीवन्त बनाएको चर्चा गरे ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।