३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


विभत्स हत्या गरिएको अवस्थामा रुसी सेनाले सहर छोडेपछि शव फेला पर्दै



२१ चैत ०७८, काठमाडौं । युक्रेनको बुचा सहरमा आइतकार सडकको छेउमा एउटा शव घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनको हात पछाडि बाँधिएको र टाउकोमा गोली लागेको थियो । युक्रेनमाथिको रुसी हमलामा मारिएका सयौँ स्थानीयमध्ये उनी एक हुन ।रुसी सेनाले सहर छोडेपछि विभत्स हत्या भएका शव धमाधम फेला परेका छन् । रुसी फौजले सो सहर छाडेपछि त्यहाँ ५० जनाको शव फेला परेका बुचाका उपप्रमुख तारास साप्रभस्कीले जानाकारी दिए ।

रुसी सेनाको गैरन्यायिक हत्याको शिकारमा सयौँ सर्वसाधारण परेका छन् । मस्कोले युद्ध अपराध गरेको युक्रेनी अधिकारीहरूले बताउँदै आएका छन् । तर, ती घटनाहरूमा आफ्नो संलग्नता नभएको रुसी सेनाले बताउँदै आएको छ । रुसी रक्षा मन्त्रालयले एक विज्ञप्तिमा जारी गर्दै युक्रेनी अधिकारीहरूले सार्वजनिक गरेका सबै तस्बीर र भिडियो उत्तेजना फैलाउने खालका भएका र बुचामा कुनै पनि बासिन्दाले रुसी सेनाको हातबाट हिंसा भोग्नु नपरेको दाबी गरेको छ ।सर्वसाधारणको गैरन्यायिक हत्यामा कसको संलग्नता थियो भन्नेबारेमा स्वतन्त्र ढंगले पुष्टि हुन सकेको छैन् । दुबै देशले एक अर्कामाथि आरोप लगाएका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  ११ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।