३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विदेश


रुस–युक्रेन युद्ध, खार्किभमा रुसी सेनाको हमला, ७ जनाको मृत्यु, ३४ घाइते



२१ चैत ०७८, काठमाडौं । आइतबार युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा रुसी सेनाको हमलामा सात जनाको मृत्यु भएको छ । हमलामा कम्तीमा ३४ जना घाइते भएका छन् ।स्थानीय समयअनुसार साँझ ६ः०० बजे रुसी आक्रमणकारीहरूले खार्किभको स्लोबोडा जिल्लामा रहेका आवासीय भवनहरूमा गोलाबारी गरेका थिए ।

गोलाबारीमा करिब १० घर र एउटा ट्रलीबस डिपोमा क्षति भएको जनाइएको छ । ‘हमलामा सात जनाको मृत्यु भएको र तीन बालबालिकासहित ३४ जना घाइते भएका छन्’, खार्किभको क्षेत्रीय अभियोजकको कार्यालयले भनेको छ ।रुसको सिमानानजिक रहेको उत्तर–पूर्वी युक्रेनको खार्किभमा २४ फेब्रुवरीमा रुसी सेनाले हमला गरेपछि ठूलो क्षति भएको छ ।रुसी सेनाले युक्रेन आक्रमणको आकार घटाउने बताए पनि गोलाबारी रोकिएको छैन् । राजधानी किभ र बुचा सहरबाट भने रुसी सेना पछि हटेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७८, सोमबार  १ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।